सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
कोरोना माहामारी

काठमाडौँ उपत्यकामा भोलि बेलुका बाट निषेधाज्ञा सकिदै, अब के होला ? सिडियोले दिए यस्तो जानकारी

काठमाडौँ उपत्यकामा भोलि बेलुका बाट निषेधाज्ञा सकिदै, अब के होला ? सिडियोले दिए यस्तो जानकारी

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०७७

  • 18.3K
    SHARES

  • काठमाडौँ उपत्यकामा भोलि बेलुका बाट निषेधाज्ञा सकिदै, अब के होला ? सिडियोले दिए यस्तो जानकारी
    फाइल तस्वीर

    काठमाडौँ-     विश्वब्यापी फैलिएको कोभिड १९ कोरोना भाइरसले नेपालमा दिनदिनै संक्रमण बढ्दै गएपछि अबस्था जटिल भएको छ ।

    कोरोना भाइरस  नियन्त्रणका लागि काठमाडौं उपत्यकामा दोस्रोपटक थपिएको निषेधाज्ञा (अत्यावश्यकबाहेक सबै गतिविधि बन्द) को अवधि भोलि बुधबार मध्यराति १२ बजे सकिँदै छ।

    तर उपत्यकामा कोरोना संक्रमण घट्दो देखिन्न, दिनप्रतिदिन बढ्दो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्रै उपत्यकामा २९८ काठमाडौंमा १९०, ललितपुरमा भक्तपुरमा ४१ र ललितपुरमा ६७० जना संक्रमित थपिएको जानकारी दिएको थियो।

    यस्तो अवस्थामा निषेधाज्ञा अन्त्य गर्ने सम्भावना नभएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएकी छिन्।  उनले भनिन् ‘सहजीकरण गर्ने नाममा अहिल्यै स्वास्थ्यका मापदण्ड बेवास्ता गर्न मिल्ने अवस्था छैन, कडाइ अझै जारी राख्न जरुरी देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले मंगलबार बिहान भनिन्, ‘त्यसकारण भदौ १७ बाट पुनः एक हप्ता निषेधको अवधि लम्ब्याउनेबारे हामी (तीन जिल्लाका सीडीओ) अनौपचारिक छलफल गरिरहेका छौं।’

    उनका अनुसार अरू एक हप्ता निषेधको आदेश जारी हुन सक्ने सम्भावना छ।  ‘यस विषयमा निर्णय गर्न सम्भवतः भोलि (बुधबार) बैठक बस्नेछौं,’ उनले भनिन्।

    ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि यस विषयमा भोलि संयुक्त बैठक बसेर समीक्षा गर्ने र एउटा निर्णय हुने जानकारी दिएका छन् ।

    ‘सबैबाट रिपोर्ट आउँछन्, त्यसको समीक्षा गरिन्छ अनि एउटा निर्णय गरिन्छ,’ उनले भने, ‘तर अहिल्यै निषेधाज्ञा थपिन्छ थपिँदैन म भन्न गार्यो छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २५ २०७८०९:१६:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend