काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले कम्युनिस्टले नेपालमा दुई तिहाइ बहुमतको सरकार बनाउनु निकै चिन्ताको विषय भएको बताएका छन् ।
्राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमार शुक्रबार ओखलढुंगा कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले आगामी चुनावमा कांग्रेसलाई जिताउनुपर्ने बताए ।
उनले कांग्रेसले हार्दा देशले नै हारेको भन्दै महाधिवेशनको तिक्तताहरू भुलेर मिलेर जानुपर्ने विचार व्यक्त गरे । नेपालमा कम्युनिस्टले दुई तिहाइको बहुमत ल्याएर शासन चलाउँछन् भन्ने परिकल्पना बिपी कोइरालाले समेत कल्पना नगरेको भन्दै यो चिन्ताको विषय भएको उल्लेख गरे ।
‘बिपी हामीबीच नरहेको ४० वर्षपछि कांग्रेस रहँदा–रहँदै कम्युनिस्टहरू दुई तिहाइसहित सत्तामा पुगे’, खतिवडाले भने, ‘यो निकै चिन्ताको विषय हो ।’ उनले अब महाधिवेशनमा भएका कमीकमजोरी सबै भुलेर कांग्रेसलाई जिताउने कुरामा केन्द्रित हुनुपर्ने धारणा राखे । खतिवडाले भने, ‘आगामी चुनावमा कांग्रेसलाई पहिलो र प्रिय पार्टी बनाउनुपर्छ । लक्ष्य त्यही हुनुपर्छ । संकुचित राजनीति गर्ने होइन । एकताको सन्देश दिएर जानुपर्छ ।’
नेता खतिवडाले कम्युनिस्ट अरु बेला झगडा गर्छन् तर चुनावको बला मिल्छन् भन्दै कांग्रेसीजन एकजुट हुनुपर्ने बताए । उनले भने, ‘कांग्रेस अरु बेला मिल्छन् । चुनावका बेला मिल्दैनन् । भोट अन्तै हाल्छन् । चुनावमा टिकट लिनका लागि सबैले प्रयास गर्छन् । टिकट पाएका दिन त्यो नेतालाई जिताउन हामी सबै मिलेर लाग्नुपर्छ ।’ ने
ता खतिवडाले कांग्रेसको केन्द्रीय नेतृत्वमा १४औँ महाधिवेशनले समावेशी नेतृत्व दिएको जिकिर गरे । एमालेले भ्रष्टाचार र गण्डागर्दी रोक्छु भनेर दिएका अभिव्यक्तिले ऊ आफैंलाई गिज्याइरहेको उनको भनाइ छ । ‘गोकुल बास्कोटाले भ्रष्टाचार अन्त्य गर्ने, महेश बस्नेतले गुण्डागर्दी अन्त्य गर्ने, दुर्गा प्रसार्इले स्वास्थ्यमा सुधार गर्ने रे । हामी लज्जित भएका छौँ’, खतिवडाले भने ।
कार्यक्रममा पार्टी सभापति तेजेन्द्र खनाल, केन्द्रीय सदस्य प्रदीप सुनुवार, पूर्वसभापति महेश कोर्मोचा, प्रदेश सांसद कुमार लुइँटेल र सविता राई, नेताहरू बालकृष्ण दाहाल, नवराज केसी, अजय लुइँटेल, राजकुमार ढुंगाना, उज्वल बुढाथोकी, रुद्र अधिकारी, अशोक कार्कीलगायतको उपस्थिति थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।