काठमाडौं - डा.शशांक कोइराला कांग्रेस महामन्त्री । कांग्रेसका संस्थापक बीपी कोइरालाका कान्छा छोरा । कोइराला परिवारको विरासत बोकेका नेता ।
केही अघिसम्म शशांकले सभापतिमा आफ्नो पनि दाबी प्रस्तुत गरिरहेका थिए । तर, जब वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उठ्न चाहेको बताए शशांकले उनका लागि दाबी छाडे ।
तर, पौडेल सभापतिमा उठेनन् । प्रकाशमान सिंह र डा.शेखर कोइराला जब सभापतिका लागि उठ्ने अडानमा रहे तब शशांक त्यसको बाधक बनेनन् ।
सभापति शेरबहादुर देउवाले आफ्नो टिमबाट उपसभापतिमा उठ्न गरेको अफरलाई स्वीकार गरे, न त आफूभन्दा अग्रज पौडेललाई सम्मान गर्न नै चुके ।
न त दाजु शेखर र मित्र प्रकाशमानको अठोटलाई ठेस पुर्याए, न युवाहरुको मन दुखाए । मुसुक्क मुस्कुराउँदै मात्र नेपाली कांग्रेस केन्द्रीय सदस्यमा चुनाव लडेर देशभरका कांग्रेसजनलाई राजनीति पद प्राप्तिका लागि मात्र होइन, राजनीति त्याग र समर्पणका लागि र पद माथि तल हुन्न, जिम्मेवारीमा रहेर सेवा गर्ने हो ।
सभापति पदमा पछि आउँला भनेर सन्देश दिन पनि सफल भए । यही कारण सुजाता कोइराला प्रकाशमान सिंह प्यानलबाट उपसभापतिमा उठेकी छन् ।
सभापतिको निर्वाचन दोस्रो चरणमा गयो भने सुजाता, शेखर र शशांक फेरि एकै ठाउँमा उभिने निश्चित छ । किनभने दोस्रो चरणमा देउवा र शेखरबीच प्रतिस्पर्धा हुने महाधिवेशन प्रतिनिधिले आकलन गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।