आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महाधिवेशन प्रतिनिधिहरूलाई खतिवडाको अनुरोध, असल नेतृत्वलाई बुझेर मतदान गर्नुहोला

महाधिवेशन प्रतिनिधिहरूलाई खतिवडाको अनुरोध, असल नेतृत्वलाई बुझेर मतदान गर्नुहोला

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २४ २०७८

  • 3.7K
    SHARES

  • महाधिवेशन प्रतिनिधिहरूलाई खतिवडाको अनुरोध, असल नेतृत्वलाई बुझेर मतदान गर्नुहोला

    काठमाडौं - नेपाली कांग्रेसका लोकप्रिय युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले देशभरिबाट काठमाडौंमा १४औँ महाधिवेशनका लागि आएका महाधिवेशन प्रतिनिधिहरूलाई धन्यावाद दिँदै स्वागत गरेका छन् ।

    युवा नेता खतिवडाले कांग्रेसको १४औँ महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूलाई पार्टीको असल नेतृत्व चयन गर्न अनुरोध गरेका छन् । उनले भने, ‘तपाई महाधिवेशन प्रतिनिधिहरूले कांग्रेसलाई कस्तो बनाउने हो तपाईहरूको हातमा छ । असल नेतृत्वलाई बुझेर मतदान गर्नुहोला ।’

    भड्किलो प्रचार र बहकावमा लागेर मतदान गर्दा त्यसको असर लामो समयसम्म पर्ने नेता खतिवडाले बताएका छन् । महाधिवेशन प्रतिनिधिहरूलाई प्रभावमा पार्न पैसावालहरूले भड्किलो प्रचार प्रसार गरेका बेला खतिवडाले रंङ्गी चङ्गीमा नलागेर असल नेतृत्व चयन गर्न अनुरोध गरेका हुन् ।

    नेता खतिवडा पनि केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका छन् । खतिवडाले खुलातर्फ उम्मेदवारी दिनेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०१:०१:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend