पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसको केन्द्रीय सदस्यमा उमेदवारी दिने घोषणा गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले बुधबार साँझ आयोजित एक कार्यक्रममा पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उमेदवारी दिन लागेको घोषणा गरेका हुन् ।
बीपी कोइरालाको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन एकपटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको उनको भनाइ छ ।
कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।