आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

गण्डकीमा कांग्रेस नेतालाई मुख्यमन्त्री बनाउन यसरी पुग्दैछ स्पष्ट बहुमत ! इतिहास रचिँदै

गण्डकीमा कांग्रेस नेतालाई मुख्यमन्त्री बनाउन यसरी पुग्दैछ स्पष्ट बहुमत ! इतिहास रचिँदै

  • मिडिया डबली
  • आइतवार, बैशाख २६ २०७८

  • 27.5K
    SHARES

  • गण्डकीमा कांग्रेस नेतालाई मुख्यमन्त्री बनाउन यसरी पुग्दैछ स्पष्ट बहुमत ! इतिहास रचिँदै

    काठमाडौं – गण्डकी प्रदेशमा एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आईतवार राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको खोजी सुरु भएको छ ।

    मुख्यमन्त्री गुरुङले दिएको राजीनामा स्वीकृत गरेर प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८(२) बमोजिम सरकार गठन गर्न ३ दिनभित्र समय दिएकी छन् ।

    संविधानको धारा १६८(२) मा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउने प्रावधान छ । ‘प्रदेश सभामा कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ,’ धारा १६८(२) मा उल्लेख छ ।

    संविधानको व्यवस्था अनुसार गण्डकी प्रदेशमा अब गठबन्धन सरकार बन्ने भएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुर्‍याएर नयाँ सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । 

    नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा नयाँ सरकार बनाउन ३२ सांसदको समर्थन रहेको छ ।

    गण्डकी प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी (जसपा) नेपालका २ गरेर ५९ सांसद छन् । त्यसबाहेक १ जना मनाङ जिल्लाको प्रदेशसभा (२) क्षेत्रबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) रहेका छन् । 

    मुख्यमन्त्री गुरुङको पक्षमा एमालेका २७ र स्वतन्त्र सांसद मनाङे गरेर २८ सांसद रहेका थिए । आफ्नो विपक्षमा स्पष्ट बहुमत देखिएपछि मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुनुअघि नै आईतवार राजीनामा दिएका छन् ।

    गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा सरकार बन्ने देखिएको छ । नयाँ सरकारमा नेकपा माओवादी केन्द्र र जसपा सांसद मन्त्री बन्ने छन् । जनमोर्चा सरकारमा नजाने भएपनि नयाँ सरकारलाई समर्थन गर्ने भएको छ । यसरी नेपालको इतिहासमा पोखरेल नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्ने पहिलो नेता हुनेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend