काठमाडौं – गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउने दाबी प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएको छ ।
प्रदेश प्रमुखले बहुमतको सरकार बनाउन गरेको आह्वान अनुसार पोखरेलले निवेदन दर्ता गराएका छन् ।
पत्रमा प्रदेश सभाका ४ दलको समर्थन रहेको उल्लेख गरिएको छ । गण्डकी प्रदेशमा नयाँ सरकारको दाबी गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राजमो र जसपा गठबन्धनले पत्र बुझाएका छन् ।
प्रदेशमा नयाँ सरकार गठन गर्न बहुमतको दाबी सहितको पत्र प्रदेश प्रमुख सीता पौडेलसमक्ष बुझाएको माओवादी केन्द्रका सांसद रामजी बरालले जानकारी दिए ।
यस्तो छ पत्र –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।