काठमाडौं - गण्डकी प्रदेशमा बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुख सीता पौडेलले दिएको समय आज सकिँदैछ । यदि आज राजनीतिक दलहरूले नयाँ सरकारको दाबी प्रस्तुत गर्न नसके एमालेका पृथ्वीसुब्बा गुरुङले अल्पमतको सरकार बनाउने छन् ।
कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोबीच गण्डकी प्रदेशमा सरकार बनाउन गठबन्धन बनेको छ । तर, तीन सांसद रहेको राजमोका कृष्ण थापाले हस्ताक्षर नगर्दा नयाँ सरकार गठनले पूर्णता पाउन सकेका छैनन् ।
उनले एमालेकै सरकारलाई समर्थन गर्ने बताएकाले ढिलाइ भएको हो । थापाले गठबन्धन सरकार निर्माणका लागि हस्ताक्षर गर्न नमानेपछि राष्ट्रिय जनमोर्चाले आजै उनलाई स्पष्टीकरण सोधेको छ ।
उनलाई एक घन्टाको समय दिएर स्पष्टीकरण सोधिएको छ । थापाको स्पष्टीकरण आइसकेपछि मात्रै जनमोर्चाले निर्णय लिने भएको छ । यदि जनमोर्चाले थापाको जवाफ चित्त नबुझेमा उनलाई कारबाही गरेको पत्र प्रदेश सभा सचिवालयमा बुझाउने छ ।
त्यसो हुनासाथ ३० सांसद भएमा नयाँ सरकार गठन गर्न पुग्नेछ । अहिले गण्डकीमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका दुई र राजमोका तीन सांसद छन् ।
राजमोका एक सांसद कारबाहीमा पर्नेवित्तिकै कांग्रेसको १५, माओवादी केन्द्रका १२ र जसपाको दुई गरेर २९ सांसद हुन्छन् । राजमोको दुई थपिँदा कांग्रेसबाट मुख्यमन्त्रीमा प्रस्तावित कृष्णचन्द्र पोखरेल नेपालीले आजै पद तथा गोपनीयताको सपथ खाने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।