काठमाडौं - नेपाली कांग्रेसका लोकप्रिय युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
टिमभित्रको सरसल्लाहमा नेता खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् । खतिवडा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
उनले भने, ‘सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । साथीभाई, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’
युवा नेता खतिवडाले केन्द्रीय सदस्य पदमा आफूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् । उनले केन्द्रीय कार्यसमितिमा रहेर कांग्रेसलाई अझै बलियो बनाउन भूमिका खेल्ने बताएका छन् ।
युवा नेता खतिवडा १३औँ महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्य पदमा पराजित भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।