काठमाडौँ- लोकप्रिय गायक मोहन खड्का र गायिका बिष्णु माझीको आवाजमा लोकदोहोरी गीत 'ए धोकेबाज...' सार्बजनिक भएको छ । उक्त गीतलाई भाबना म्युजिक सलुशन मार्फत मंगलबार सार्बजनिक गरिएको हो ।
लोकप्रिय मोडल तथा सर्जक बिमल अधिकारिको शब्दलाई टपक्क टिपेर गायक मोहन खड्काले नै गीतको संगीत गरेका हुन् । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।
भिडिओमा मोडल बिमल अधिकारि डिम्पी खरेल र काजि सुन्दासको दमदार अभिनय देख्न सकिन्छ । कपिल लामाको निर्देशनमा तयार पारिएको भिडिओलाई दुर्गा पौडेलको छायांकन रहेको छ ।
भाबना म्युजिक सलुशनको ब्यानरमा तयार पारिएको भिडियोको नबिन घर्ति मगरले सम्पादन गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।