काठमाडौँ- चर्चित गायक तथा संगीतकार मोहन खड्काको लोकदोहोरी गीत 'अधेरिमा जुन...' सार्बजनिक भएको छ । गीतमा मोहन खड्का, आलिफ खान, गायिका सुनिता बुढा क्षेत्रि र तुलसी घर्तिको आबाज रहेको छ । उक्त गीत सार्बजनिक भएको २४ घण्टा नबित्तै चौतर्फी चर्चामा रहेको छ ।
शब्दकार शिब पौडेलको शब्दलाई टपक्क टिपेर गायक स्ययम् खड्काले गीतको संगीत गरेका हुन् । कमल सौरागको संगीत संयोजन रहको उक्त गीतलाई शनिबार सार्बजनिक गरिएको हो ।
उक्त गीतको भिडिओमा मोडल दुर्गेश थापा र आयुस्मा कार्कीको दर्दनाक अभिनय देख्न सकिन्छ । मेरी आमा म्युजिक कम्पनि मार्फत सार्बजनिक गरिएको गीतको भिडिओमा करण चैसिरको छायांकन रहेको छ भने निर्देशक कपिल लामाले निर्देशन गरेका हुन् ।
जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारिएको भिडिओको सम्पादन अमृत चापागाईले गरेका छन् । उक्त गीतको भिडिओ मोहन खड्काको आफ्नै अफिसियल युटुब च्यानल मोहन खड्का मार्फत सार्बजनिक गरिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।