काठमाडौं – नेपाली कांग्रेसबाट निर्वाचित भई कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले प्रदेश सभामा विश्वासको मत लिएका छन् ।
आज बुधवार प्रदेश सभामा विश्वासको मतसम्बन्धी शाहीले राखेको प्रस्ताव बहुमतले पारित गरेको छ ।
बैठकमा कर्णाली प्रदेश सभाका २२ सदस्य उपस्थित भएका थिए ।
सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २२ मत परेको घोषणा गरे । २२ मत आएसँगै कर्णाली प्रदेश सभाको सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा समेत सभामुख शाहीले गरेका छन् ।
आज बुधवारको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद सहभागी भएनन् । एमाले सांसदहरू पार्टीको महाधिवेशनमा सहभागी हुन चितवन गएकाले सहभागी नभएका जनाइएको छ ।
मुख्यमन्त्री शाहीलाई नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले विश्वासको मत दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।