आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मन्त्री प्रेम आलेले योगगुरु रामदेवलाई गरे यस्तो ‘अफर’

मन्त्री प्रेम आलेले योगगुरु रामदेवलाई गरे यस्तो ‘अफर’

  • मिडिया डबली
  • आइतवार, मंसिर ५ २०७८

  • 3.9K
    SHARES

  • मन्त्री प्रेम आलेले योगगुरु रामदेवलाई गरे यस्तो ‘अफर’

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतीय योगगुरु बाबा रामदेवलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि ब्रान्ड एम्बेस्डर बन्न ‘अफर’ गरेका छन् ।

    आज आईतबार मन्त्रालयले आयोजना गरेको भगवान् श्रीपशुपतिनाथ दर्शन सहितको योग शिविर कार्यक्रममा मन्त्री आलेले योगगुरु रामदेवलाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवद्र्धन गर्नका लागि ब्रान्ड एम्बेस्डर बन्न अफर गरे । 

    मन्त्री आलेले बाबा रामदेवलाई ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव सहितको प्रमाणपत्र दिएका छन् ।

    नेपाल बुद्ध र सगरमाथाको देश भनेर विश्वभर चिनाउन योगगुरु रामदेवको भूमिका महत्त्वपूर्ण हुने मन्त्री आलेले बताएका छन् । योगगुरु रामदेवको माध्यमले भारतबाट नेपालमा धेरैभन्दा धेरै पर्यटक आउनेमा आलेले विश्वास व्यक्त गरेका छन् ।

    कोभिड–१९ संक्रमण नेपालमा निकै कम भएको र धेरैले खोप लगाइसकेको बताउँदै मन्त्री आलेले नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार गरिदिन योगगुरु रामदेवलाई आग्रह गरेका छन् ।

    कार्यक्रममा योगगुरु रामदेवले नेपालको संस्कृतिलाई संसारभर लिएर जाने बताएका छन् । रामदेवले मन्त्रालयको प्रस्तावलाई गम्भीरतापूर्वक छलफल गरेर निर्णय लिने समेत बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ११ २०७८०४:२६:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend