बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेसका मुख्यमन्त्रीले गरे सरकार विस्तार, यी मन्त्री नियुक्त !

कांग्रेसका मुख्यमन्त्रीले गरे सरकार विस्तार, यी मन्त्री नियुक्त !

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ३० २०७८

  • 3.8K
    SHARES

  • कांग्रेसका मुख्यमन्त्रीले गरे सरकार विस्तार, यी मन्त्री नियुक्त !

    काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता तथा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री  जीवनबहादुर शाहीले सरकार विस्तार गरेका छन् ।

    शाहीले मुख्यमन्त्री नियुक्त भएको २ हप्तापछि कर्णाली प्रदेश सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री शाहीले आज मंगलबार १ जना मन्त्री थप गरेका छन् ।

    सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी (एस) पार्टीका सांसद चन्द्रबहादुर शाहीलाई मन्त्री नियुक्त गरेका छन् ।

    नवनियुक्त मन्त्री शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

    मन्त्री शाहीले मंगलबार साँझ प्रदेश प्रमुखसामु पद तथा गोपनीयताको शपथ लिएका छन् । ३ दलीय गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा बनेका हुन् ।

    गठबन्धनभित्र मन्त्रालय भागबण्डामा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend