आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको तलब बढ्यो, कसको कति ?

प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको तलब बढ्यो, कसको कति ?

  • मिडिया डबली
  • बुधवार, कार्तिक २४ २०७८

  • 5.3K
    SHARES

  • प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको तलब बढ्यो, कसको कति ?

    काठमाडौं – प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूको तलब बढेको छ ।

    गण्डकी प्रदेश सरकारले मासिक पारिश्रमिक (तलब) बढाएको हो ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले केन्द्र सरकारको बजेटलाई कारण देखाएर तलब बढाएको छ । केन्द्रमा प्रधानमन्त्रीदेखि मन्त्रीहरुको सुविधा बढेकाले प्रदेशमा समेत तलब समायोजन गरिएको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले बताएका छन् ।

    संघ सरकारले चालू आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीको पारिश्रमिक २ हजार रुपैयाँका दरले बढाएको छ । गण्डकी प्रदेश सरकारले समेत मन्त्रिपरिषद्को निर्णयबाट सुविधासम्बन्धी ऐनको अनुसूची सच्याउँदै २ हजार रुपैयाँकै दरमा मासिक पारिश्रमिक बढाएको छ । 

    गत वर्ष मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारका मन्त्रीहरुले समेत चैत महिनामा राजपत्रमा सूचना प्रकाशन गरेर साउनदेखि नै बढेको सुविधा खाएका थिए । 

    सरकारका प्रवक्ता खड्काले तलब समायोजन नगर्दा मर्यादाक्रममा प्रभाव पर्ने भएकाले तलब बढाइएको तर्क गरेका छन् । २ हजार तलब मात्रै नबढ्दा सहायक मन्त्रीको हैसियत सांसदको भन्दा तल हुने उनले बताए । मर्यादाक्रमले मन्त्री माथि रहेकाले तलबमान समेत सोही अनुपातमा बढेको र बढाउने प्रचलन रहेको जनाइएको छ ।

    गण्डकी प्रदेश सभाले यसअघि नै वर्षे अधिवेशनबाट सभामुखदेखि विपक्षी दलका नेता, सांसदहरुको सुविधा बढाउने ऐन संशोधनसहित पारित गरेको छ । मन्त्रीहरुको सुविधा ऐनको अनूसुची संशोधन गरेर बढाइएको जानकारी दिइएको छ ।

    अर्थ मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ, ‘गण्डकी प्रदेश सरकारले मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ को अनूसुची १ दफा १५ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको अनूसुची १ मा देहाय बमोजिम हेरफेर गरिएको छ ।’

    संशोधनअनुसार मासिक ७० हजार ७३० रुपैयाँ बुझ्ने गरेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ७२ हजार ७३० रुपैयाँ मासिक पारिश्रमिक पाउने भएका छन् । ६० हजार ३२० रुपैयाँ पारिश्रमिक पाउने ११ जना मन्त्रीले ६२ हजार ३३० रुपैयाँ पाउने जनाइएको छ ।

    प्रदेशका मुख्यमन्त्री र मन्त्रीबाहेक सरकारी बजेटबाट पाउने गरी नियुक्त भएका प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्य, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार सबैलाई नयाँ तलबमान लागू हुने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख १६ २०७८११:१२:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend