बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कतै अल्पमत त कतै आलोपालो मिलाउन मुख्यमन्त्री हेरफेर !

कतै अल्पमत त कतै आलोपालो मिलाउन मुख्यमन्त्री हेरफेर !

  • मिडिया डबली
  • बुधवार, कार्तिक १७ २०७८

  • 3.9K
    SHARES

  • कतै अल्पमत त कतै आलोपालो मिलाउन मुख्यमन्त्री हेरफेर !

    काठमाडौं – १ नम्बर प्रदेश र कर्णाली दुबै प्रदेशमा मंगलवार मुख्यमन्त्री फेरिएका छन् ।

    प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यको ठाउँमा नेकपा एकीकृत समाजवादी (एस) पार्टीका राजेन्द्र राई र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको ठाउँमा नेपाली कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका हुन् ।

    नवनियुक्त दुबै मुख्यमन्त्रीले मंगलवार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश १ सरकारका मुख्यमन्त्री आचार्यले अल्पमतमा परेपछि राजीनामा दिएका हुन् ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत बैशाखमा नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम पद त्याग गरेका छन् । प्रदेश १ सरकारका नवनियुक्त मुख्यमन्त्री राईले बुधवार नै कांग्रेस, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई सहभागी गराएर ५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीवार मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएको छन् । सुनसरीस्थित राजधानी सहकर्मीका अनुसार एमाले नेता आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सोमवार नै नवगठित एकीकृत समाजवादीका नेता राईलाई मुख्यमन्त्री बनाउने गरी गठबन्धन दलहरुबीच सहमति जुटेको थियो ।

    मंगलवार राईसहित नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    उनीसहित ४ मन्त्री र १ राज्यमन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथ गराएका छन् । कांग्रेसबाट २ जना, माओवादी केन्द्रबाट १ जना र जनता समाजवादी (जसपा) नेपालबाट १ जना मन्त्री भएका छन् । नेकपा माओवादी केन्द्रका नेता ईन्द्रबहादुर आङ्बो आर्थिक मामिलामन्त्री नियुक्त भएका छन् ।

    जसपाका नेता जयराम यादव सामाजिक विकासमन्त्री बन्दा कांग्रेसका सचेतक समेत रहेका केदार कार्कीले आन्तरिक मामिला मन्त्री र कांग्रेसकै नेता हिमाल कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी पाएका हुन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन् ।

    मुख्यमन्त्री पदमा शपथग्रहण गरेपछि राईले पहिले विश्वासको मत लिएर मात्र काम गर्ने प्रतिक्रिया दिए । पत्रकारहरुसँग छोटो कुरा गर्दै मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिएपछि मात्र मन्त्रालयको संख्या थप गर्ने र मन्त्रिपरिषद् विस्तार जस्ता काम गर्ने बताएका छन् ।

    उनले भने, ‘पहिले हामी विश्वासको मत लिने काम गर्छौं, त्यसपछि मन्त्रिपरिषद्लाई पूर्णता दिन्छौं ।’ अब प्रदेश सरकारले अर्को बजेट ल्याउने वा नल्याउनेबारे सत्तारूढ गठबन्धन र मन्त्रिपरिषद्मा छलफल हुने उनले बताए ।

    यस्तै, कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्रीमा जीवनबहादुर शाहीले मंगलबार राति पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्ने भएका छन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितको गठबन्धनको समर्थनमा शाही मुख्यमन्त्री बनेका छन् । शाहीले मुख्यमन्त्रीको शपथ लिए पनि मन्त्रालयको भागबण्डाबारे गठबन्धनका दलहरूबीच सहमति हुन बाँकी छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend