काठमाडौँ- चर्चित निर्देशक तथा मोडल सुनिल क्षेत्रिको अभिनय तथा निर्देशनमा लोकप्रिय गायिका सरस्वति लामिछानेको बिल्कुलै नयाँ लोकदोहोरी गीत 'ढाचा पार्यो नभने...' छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।
गीतमा गायिका सरस्वति लामिछानेलाई गायक कृष्ण अखेलीको आबाज रहेको छ । शिब अखेलीको लय तथा शब्द रहेको गीतले छोटो समयमा नै १ लाख भिउज पाउन सफल भएको हो ।
कृष्ण बिक भान्जाको संगीत संयोजन रहेको गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् भने भिडिओमा मोडल सुनिल क्षेत्रिलाई प्रियना आचार्यको दमदार डान्स देख्न सकिन्छ ।
दुर्गा पौडेलको छायांकन रहेको भिडिओलाइ अमृत चापागाईले सम्पादन गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।