काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेका निर्देशक तथा मोडल सुनिल क्षेत्रि र सारिका केसीको अभिनयमा लोकदोहोरि गीत 'यानीमाया सुनीमाया...' रिलिज भएको छ ।
गायक राजु परियार र शान्तिश्री परियारको आबाजमा रहेको यानीमाया सुनीमाया स्मिता स्नेहा इन्टरटेन्टमेन्ट नामक युटुब च्यानल बाट आइतबार रिजिल भएको हो ।
सर्जक राजेन्द्र खत्रीको शब्दलाई टपक्क टिपेर गायक राजु परियारले नै गीतको संगीत भरेका हुन् । म्याग्दी, बाग्लुङ र पर्बतका आसपासमा छायांकन गरिएको भिडिओलाई सुनिल क्षेत्रिले निर्देशन गरेका हुन् ।
दुर्गा पौडेलको छायांकन गरिएको म्युजिक भिडिओलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।