काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेका निर्देशक तथा कोरियोग्राफर सुनिल क्षेत्रिको निर्देशनमा लोकदोहोरी गीत 'फलाम पिटे तरबार...' को आपार सफलता पछी फेरी अर्को लोकदोहोरी गीत 'चौका दाउ...' लिएर आफै मैदानमा उत्रिएका छन् ।
केहि समय अगाडी मात्र सार्बजनिक भएको 'फलाम पिटे तरबार...' ले ट्रेडिङमा राज गरिरहेको बेला शुक्रबार बिहानै 'चौका दाउ...' लिएर उनि मैदानमा उत्रिएका हुन् ।
ब्यापक चर्चामा रहेका दर्जनौ गीतहरुको भिडिओमा मोडल, कोरियोग्राफर र निर्देशन गरेका क्षेत्रिले शुक्रबार बिहानै 'चौका दाउ...' नामक गीतको भिडिओमा मोडल, कोरियोग्राफर र निर्देशन गरेका हुन् ।
गायिका शान्ति श्री परियार र गायक कृष्ण बाबु परियारको आबाजमा रहेको 'चौका दाउ...' ले सार्बजनिक भएको केहि समयमा नै चर्चा बटुल्न सफल भएको छ । सर्जक बिजय चन्द दर्पनको शब्दलाई टपक्क टिपेर कृष्णबाबु परियारले नै गीतको संगीत गरेका हुन् ।
दमौली आसपासका जिल्लामा नै छायांकन गरिएको गीतको भिडिओमा सुनिल क्षेत्रिलाइ मोडल गीता ढुंगानाको दमदार अभिनय देख्न सकिन्छ ।
दिपक गिरिको छायांकनमा रहेको भिडिओलाई जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारिएको हो । बिजय चन्द दर्पनको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको भिडिओको सम्पादन अमृत चापागाईले गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।