काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेका मोडल तथा सुनिल क्षेत्रिको निर्देशनमा तयार पारिएको लोकदोहोरी गीत 'चौका दाउ...' रिलिज गरिएको १ महिना नै नपुग्दै करोड कल्बको नजिक पुगेको छ । चौतर्फी चर्चा बटुलेको गीतले निकै छोटो समयमा नै सबैको मन जित्न सफल भएको हो ।
गायिका शान्ति श्री परियार र गायक कृष्ण बाबु परियारको आबाजमा रहेको उक्त गीतलाई सर्जक बिजय चन्द दर्पनको शब्दलाई टपक्क टिपेर कृष्णबाबु परियारले नै गीतको संगीत गरेका हुन् ।
दमौली आसपासका जिल्लामा नै छायांकन गरिएको गीतको भिडिओमा सुनिल क्षेत्रिलाइ मोडल गीता ढुंगानाको दमदार अभिनय देख्न सकिन्छ ।
दिपक गिरिको छायांकनमा रहेको भिडिओलाई जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारिएको हो । बिजय चन्द दर्पनको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको भिडिओको सम्पादन अमृत चापागाईले गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।