काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेका निर्देशक तथा मोडल सुनिल क्षेत्रि र करिश्मा ढकालको दमदार नृत्यमा लोकदोहोरि गीत 'पिरतीको किताब....' रिलिज भएको छ ।
गायक युनिक भोजराज बिक र गायिका शुशिला विस्टको आबाजमा रहेको गीतलाई युनिक भोजराज बिकले नै गीतको लय तथा शब्द रहेको छ ।
कृष्ण बिकको संगीत संयोजन रहेको गितको भिडिओलाई जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारिएको हो ।
स्मिता स्नेह इन्टरटेन्टमेन्ट नामक युटुब च्यानल बाट गीतको भिडियोलाई आइतबार रिलिज गरिएको हो । दुर्गा पौडेल र दिपक गिरिको छायाँकनमा तयार पारिएको भिडिओलाई अमृत चापागाईले सम्पादन गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।