बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

आजको मौसम : कुन–कुन प्रदेशमा हुनेछ वर्षा ? पढ्नुहोस् ३ दिनको मौसमी पूर्वानुमान

आजको मौसम : कुन–कुन प्रदेशमा हुनेछ वर्षा ? पढ्नुहोस् ३ दिनको मौसमी पूर्वानुमान

  • मिडिया डबली
  • आइतवार, कार्तिक ७ २०७८

  • 3.2K
    SHARES

  • आजको मौसम : कुन–कुन प्रदेशमा हुनेछ वर्षा ? पढ्नुहोस् ३ दिनको मौसमी पूर्वानुमान

    काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आज आईतबार देशभर मौसममा आंशिकदेखि सामान्य बदली रहने जानकारी दिएको छ ।

    सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आईतबार उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको जनाइएको छ । 

    आईतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका १ वा २ स्थानमा हल्का र फाटफुट वर्षा भइरहेको जनाइएको छ । 

    आईतबार राति समेत देशभर आंशिकदेखि सामान्य बदली रहने भएको महाशाखाले जनाएको छ ।

    मौसम विश्लेषण (Meteorological Analysis)

    हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।

    हाल मौसमको अवस्था (Present Weather Status)

    हाल  देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का/फाटफुट वर्षा भईरहेको छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ कार्तिक ०७ गते (आईतबार)

    दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहने छ। सबै प्रदेशका थोरै-थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ। बागमती र प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी  प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    २०७८ कार्तिक ०८ गते (सोमबार)

    दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ।  प्रदेश नं १ , बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    २०७८ कार्तिक ०९ गते (मंगलबार)

    दिउँसो: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राती: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

    देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका थोरै-थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा र उच्च  पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा  र यात्रा तथा धुमफिर गर्दा आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २१ २०७८११:१७:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend