बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

यी क्षेत्रमा आज वर्षा हुँदै

यी क्षेत्रमा आज वर्षा हुँदै

  • मिडिया डबली
  • शनिवार, आश्विन ३० २०७८

  • 3.0K
    SHARES

  • यी क्षेत्रमा आज वर्षा हुँदै

    काठमाडौं – पश्चिमी वायु प्रणालीको प्रभावले देशभरको मौसम आज शनिवार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव अहिले नेपालमा रहेको महाशाखाले जनाएको छ ।

    हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रहेर अन्य प्रदेशमा आंशिक बदली समेत रहेको छ ।

    आज शनिवार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेर अन्य भू–भागमा आंशिक बदली रहने भएको छ ।

    प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना समेत रहेको छ ।

    शनिवार राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली रही अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन ३० २०७८०८:४७:४०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend