आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मोतिपुर घटनापछि गृह मन्त्रालयको चेतावनी : अतिक्रमणको प्रयास गर्नेलाई कारवाही गरिन्छ

मोतिपुर घटनापछि गृह मन्त्रालयको चेतावनी : अतिक्रमणको प्रयास गर्नेलाई कारवाही गरिन्छ

  • मिडिया डबली
  • सोमवार, आश्विन २५ २०७८

  • 4.2K
    SHARES

  • मोतिपुर घटनापछि गृह मन्त्रालयको चेतावनी : अतिक्रमणको प्रयास गर्नेलाई कारवाही गरिन्छ

    काठमाडौं – रुपन्देही जिल्लाको मोतिपुर औद्योगिक क्षेत्रमा ४ जना सुकुम्बासीको मृत्यु हुने गरी भएको घटनाप्रति गृह मन्त्रालयले ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

    आज सोमबार मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले प्रेस विज्ञप्ति जारी गरेर सुकुम्बासी, भूमिहीनलाई जग्गाको व्यवस्था गर्न कानूनी प्रावधान रहेको स्मरण गराउँदै जग्ग अतिक्रमण गर्न खोज्नेलाई कारवाही हुने स्पष्ट पारे ।

    मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, ‘निर्धारित कानुनी विधि र प्रक्रियाभन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानून बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराइन्छ । कसैको बहकाउमा परी यस किसिमको गैरकानुनी कार्यमा संलग्न नहुन सबैमा नेपाल सरकार अनुरोध गर्दछ ।’

    245336394_663293864633893_8142295365925854339_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २० २०७८०७:४०:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend