काठमाडौं – ललितपुरको गोदावरी नगरपालिका–६ स्थित जनचेतना युवा क्लब लप्सेले आयोजना गरेको दशैं कप ‘सेभेन ए साइड’ फूटबल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताका प्रथम द्वितीय र तृतीय साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्ता खेलाडीलाई नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र वितरण प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव तथा नेपाल राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले गरेका छन् ।
कार्यक्रमका विशिष्ट अतिथि गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारी, नेपाली कांग्रेस ललितपुर जिल्ला क्षेत्र नम्बर १ सभापति राजन घिमिरे, नेपाली कांग्रेस ललितपुर जिल्ला क्षेत्र नम्बर १ प्रदेश (२) का सभापति राम कृष्ण लामा ‘इन्द्र’, नेपाली कांग्रेस ललितपुर जिल्ला क्षेत्र नम्बर १ प्रदेश (१) सभापति सुन्दर मान थिङ, कांग्रेस तरुण विभाग बागमती प्रदेश सचिव उमेश मेहेर कायस्थ, गोदावरी नगरपालिकाका प्रवक्ता, वडा नम्बर ५ का वडाध्यक्ष मिलन सिल्वाल, गोदावरी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुमान महर्जन, नेपाल तामाङ घेदुङ्ग संघका ललितपुर जिल्ला अध्यक्ष ज्ञानबहादुर लो र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरीय खेलाडी लगायत अतिथिको उपस्थिति रहेको थियो ।
क्लबका अध्यक्ष चन्द्रबहादुर तामाङले आयोजकको तर्फबाट सम्पूर्ण प्रथम, द्वितीय र तृतीय साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्ता खेलाडीलाई बधाई दिएका छन् ।

प्रतियोगिता सफल बनाउन सम्पूर्ण जिम्मेवारी गोदावरी नगरपालिका वडा नम्बर ६ का इकाई सभापति अर्जुन थोकर, नेपाल तरुण दल ललितपुर जिल्ला सदस्य किक बक्सिङ पूर्व राष्ट्रिय खेलाडी इन्द्र तामाङ र ललितपुर जिल्ला तामाङ संघका रोजिन मार्पा लगायतको समन्वयमा सफतापूर्वक प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगितामा प्रथम हुने टीम सल्यान युवा क्लबलाई नगद ५० हजार रुपैयाँ, दोस्रो हुने महाँकाल युवा क्लबलाई २५ हजार रुपैयाँ र तृतीय हुने ज्ञानकुण्ड टीमलाई १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । प्रतियोगितामा १८ टीमले सहभागिता जनाएका थिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।