बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

  • मिडिया डबली
  • सोमवार, आश्विन २५ २०७८

  • 6.0K
    SHARES

  • जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
    प्रतिकात्मक तस्वीर

    काठमाडौं – स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–१० मदी खोलामा आईतवार साँझ भएको जीप दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ ।

    वालिङबाट गल्याङ नगरपालिका–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नम्बरको जीप कच्ची सडकबाट ५० मिटर तल खसेको थियो । 

    दुर्घटनामा परेर जीपमा सवार गल्याङ नगरपालिका–१० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्लीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । जीपमा १९ जना यात्रु सवार रहेका थिए ।

    उकालो कच्ची सडकमा जीप अनियन्त्रित भएर दुर्घटना हुँदा जीपमा सवार गल्याङ नगरपालिका–१० का ४ वर्षीया करिष्मा थापा, २६ महिनाकी अर्चल विक, २५ वर्षीय रामबहादुर पल्ली, ३ वर्षीय किरण पल्ली र २४ वर्षीया तिर्सना घाइते भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन २५ २०७८०७:२८:१०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend