काठमाडौं – बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने क्रममा सुकुम्बासी र प्रहरीबीच झडप हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
हुलदंगामा गम्भीर घाइते भएकालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ३ जना र उपचारका क्रममा १ जनाको मृत्यु भएको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज अस्पताल भैरहवाले जनाएको छ ।
अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले घटनामा २ दर्जनभन्दा बढी घाइते भएका जनाएका छन् ।
प्रहरी प्रशासनले घटनामा भएको क्षतिबारे कुनै आधिकारिक विवरण सार्वजनिक गरिरहेको छैन । हुलदंगा उग्र भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।