काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस स्याङ्जाका लोकप्रिय नेता तथा १४औं महाधिवेशनका क्षेत्रीय प्रतिनिधि अमृत वोस्तीले दशैंका बेला काठमाडौंबाट स्याङ्जा जान चाहने यात्रुका लागि निःशुल्क गाडीको व्यवस्था गरेका छन् ।
दशैं नजिकिँदै गर्दा नेता वोस्तीले सार्वजनिक सूचना नै जारी गरेर स्याङ्जा जान चाहनेलाई सम्पर्कमा आउन आग्रह गरेका छन् ।
अध्ययनको सिलसिलामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा रहेका स्याङ्जालीले सम्पर्क गरेर निःशुल्क गाडीको सुविधा लिन सक्नेछन् ।

वोस्तीले सूचना लेखेका छन्, ‘अध्ययनको शिलशिलामा काठमाडौं, भक्तपुर, ललितपुरमा छरिएर अध्ययन गरिराख्नुभएका तमाम विद्यार्थीलाई मध्यनजर गर्दै आउँदै गरेको बडादशैंमा स्याङ्जाको चापाकोट, गल्याङ र कालीगण्डकी गाउँपालिका स्थायी घर भएका विद्यार्थीलाई काठमाडौंदेखि स्याङ्जाका माथिका स्थानसम्म पुग्ने एक दिनको (२१–२३ गतेभित्र) गाडीको व्यवस्थापन हुने भएकाले जान इच्छुक साथीहरूले खबर गर्न अनुरोध गर्दछु । निःशुल्क व्यवस्थापन हुने जानकारी पनि गराउँछु । जय नेपाल !’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।