काठमाडौं – गृह मन्त्रालयले विभिन्न ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को काजसरुवा गरेको छ ।
शुक्रवार गृह मन्त्रालयले बालकृष्ण खाँणको निर्णयबाट ४ जिल्लामा सीडीओको काज सरुवा गर्दै जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत कृष्णबहादुर शाहीको रौतहटको सीडीओमा सरुवा भएको छ भने सुनसरीका सीडीओ उमेशकुमार ढकाललाई पर्साको सीडीओ बनाइएको छ ।
रौतहटका सीडीओ इन्द्रदेव यादवलाई सुनसरीको सीडीओमा पठाइएको छ भने गृह मन्त्रालयका उपसचिव सूर्यबहादुर खत्रीलाई बाँकेको सीडीओ बनाइएको छ ।
यसअघि सरकारले २ चरणमा सहसचिव तथा उपसचिव सरहका सीडीओको सरुवा गरिसकेको छ ।
हेर्नुहोस् काज सरुवा सूची –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।