काठमाडौं – ललितपुरको लेलेमा भोलि असोज २३ गते शनिवार बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
प्राकृतिक बहुउद्देश्यीय संस्था लिमिटेड दुवारा गोदावरी नगरपालिका लेलेमा बृहत् सांकृतिक कार्यक्रमको आयोजना गर्न लागेको छ ।
सांस्कृतिक कार्यक्रममा चर्चित हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा), १०० भन्दा बढी नेता तथा कलाकारको उस्तै स्वरको क्यारिकेचर गर्न सक्ने चर्चित कलाकार दिनेश काफ्ले, मेरो एक्सको छम्मा गीत गाएर पूरै भाइरल भएकी गायिका सिर्जना खत्री, गायक प्रताप दासका साथै चर्चित म्युजिक ब्यान्डले आ–आफ्नो प्रस्तुति दिने भएका छन् ।
सांस्कृतिक कार्यक्रमको उद्घाटन नेपाली कांग्रेस खेलकुद विभाग सचिव मीनकृष्ण महर्जनले गर्ने भएका छन् ।
कार्यक्रममा हजारौं दर्शकको सहभागिता रहने आयोजकले विश्वास गरेको छ । यसअघि पनि गोदावरी नगरपालिकामा धेरैपटक सांस्कृतिक कार्यक्रम हुँदै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।