आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले कार्यकर्ताले गरे कांग्रेस नेतामाथि सांघातिक आक्रमण, महर्जनको खबरदारीपछि मुद्दा दर्ता

एमाले कार्यकर्ताले गरे कांग्रेस नेतामाथि सांघातिक आक्रमण, महर्जनको खबरदारीपछि मुद्दा दर्ता

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २२ २०७८

  • 13.8K
    SHARES

  • एमाले कार्यकर्ताले गरे कांग्रेस नेतामाथि सांघातिक आक्रमण, महर्जनको खबरदारीपछि मुद्दा दर्ता

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका गुण्डाहरूले ललितपुरको बागमती गाउँपालिका–४ प्युटार खयरघारीमा जाँडरक्सी खाएर नेपाली कांग्रेसका बागमती गाउँ कार्यसमिति सदस्य विजयकुमार स्याङ्तानमाथि सांघातिक आक्रमण गरेका छन् ।

    स्थानीय एमाले कार्यकर्ता मुक्ति लाल स्याङ्तान र विक्रम घलानले राजनीतिक विषयलाई लिएर कांग्रेस कार्यकर्तामाथि सांघातिक आक्रमण गरेका हुन् ।

    आरोपी स्याङ्तान र घलान केही समयअघि मात्र नेकपा एमालेमा प्रवेश गरेका थिए ।

    एमालेका गुण्डाको कुटाइबाट घाइते भएका विजयलाई उपचारका लागि बीएन्डबी हस्पिटल सातदोबाटोमा भर्ना गरिएको छ ।

    घाइते विजय हालै सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पालिका कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए ।

    कुटपिटमा संलग्न आरोपी विक्रम घलान र मुक्ति लाल स्याङ्तानलाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त चापागाउँमा ल्याएको छ । प्रहरी नियन्त्रणमा रहेका दुवैलाई छुटाउन प्रदेश सांसद चेतनाथ संजेल चापागाउँ प्रहरी वृत्त पुगेका थिए । तर आरोपी छुटाउने खेलविरुद्ध स्थानीयले चौकी घेरेपछि सांसद चेतनाथ भागेका छन् ।

    घाइते विजयको पक्ष लिएर नेपाली कांग्रेसका प्रभावशाली नेता मीनकृष्ण महर्जन चौकी पुगेर जाहेरी दर्ता गर्न प्रहरीलाई दबाब दिएका छन् । यसअघि प्रहरीले जाहेरी दर्ता गर्न मानिरहेको थिएन । नेता महर्जनले प्रहरीलाई  दबाब दिएपछि उजुरी दर्ता गरिएको बागमती गाउँपालिकाको ४ नम्बर वडाका अध्यक्ष नारायण घलेले जानकारी दिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend