आइतवार, आश्विन ३१ २०७८Oct 17 2021

Logo
images
images
images

देशभरका सीडीओ र प्रहरी प्रमुखलाई गृह मन्त्रालयको कडा निर्देशन, यस्तो छ परिपत्र

देशभरका सीडीओ र प्रहरी प्रमुखलाई गृह मन्त्रालयको कडा निर्देशन, यस्तो छ परिपत्र

  • मिडिया डबली
  • आइतवार, आश्विन १७ २०७८

  • 1.3K
    SHARES

  • देशभरका सीडीओ र प्रहरी प्रमुखलाई गृह मन्त्रालयको कडा निर्देशन, यस्तो छ परिपत्र

    काठमाडौं – गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुखलाई चाडपर्वको अवधिभर बिदामा नबस्न कडा निर्देशन दिएको छ ।

    गृह मन्त्रालयको निर्देशनपछि अत्यावश्यक काम र गृह मन्त्रालयको अनुमति विना सीडीओसहित गृह मन्त्रालय मातहतका सुरक्षा प्रमुखले जिल्ला छाडेर अन्यत्र जान नपाउने भएका छन् ।

    images

    गृहको निर्देशनसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई समेत चाडपर्वमा घर बिदामा नजान भनिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

    चाडपर्वको समयमा सर्वसाधारणले २४ घण्टै ठाडो निवेदन दर्ता र गुनासो गर्न मिल्ने व्यवस्था मिलाउन समेत गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै परिपत्र पठाएको छ । जिल्लाको अवस्था अनुसार पर्व सुरक्षा योजना बनाएर लागू गर्न समेत गृहले परिपत्रमा जनाएको छ ।

    नेपालीका प्रमुख पर्व दशैं, तिहार, नेपाल संवत, छठ नजिकिन थालेका छन् । गृह मन्त्रालयको निर्देशनसँगै देशभरका जिल्लाको अवस्था अनुसार प्रहरी र सशस्त्रका जनशक्ति परिचालित हुने गरेर विशेष सुरक्षा योजना लागू हुने भएको छ । प्रमुख पर्वलाई लक्षित गरेर सबै जिल्लामा बजार अनुगमनलाई समेत बढाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २० २०७८०६:४०:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology