बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कर्मचारी युनियन अध्यक्षमा खतिवडा, चुनाव नगराएको भन्दै रायमाझी असन्तुष्ट

कर्मचारी युनियन अध्यक्षमा खतिवडा, चुनाव नगराएको भन्दै रायमाझी असन्तुष्ट

  • मिडिया डबली
  • आइतवार, आश्विन १७ २०७८

  • 4.8K
    SHARES

  • कर्मचारी युनियन अध्यक्षमा खतिवडा, चुनाव नगराएको भन्दै रायमाझी असन्तुष्ट

    उदयपुर, १७ असोज-  नेपाल निजामती कर्मचारी युनियन’ उदयपुरको अध्यक्षमा भगवती खतिवडा चयन भएकी छिन् । गाईघाटमा शनिबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट खतिवडा सर्वसम्मत अध्यक्ष चयन भएकी हुन् ।

    अधिवेशनले खतिवडा नेतृत्वमा दुई उपाध्यक्ष, सचिव र सहसचिव तथा ६ जना सदस्य तथा चारजना केन्द्रीय प्रतिनिधि चयन गरेको छ । उपाध्यक्षमा पुष्पराज सापकोटा र सुशील भण्डारी चयन छन् भने सचिवमा उत्तम भट्टराई र सहसचिव रुद्र सापकोटा चयन भएका छन् ।

    त्यसैगरी सदस्यमा खड्ग आलेमगर, दिलबहादुर धौलाकोटी, रणबहादुर खड्का, कुमारसिंह थापा, नेत्र पौडेल र लक्ष्यबहादुर श्रेष्ठ चयन भएको निर्वाचन समिति संयोजक पेशल दाहालले जानकारी दिए ।

    अधिवेशनले निवर्तमान अध्यक्ष पहलमान खड्का, तेजबहादुर पोखरेल, बाबुराम फुयाँल र ढकराज कटुवाललाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ ।

    अध्यक्षका अर्का आकांक्षी भुपध्वज रायमाझीले भने चुनावी प्रक्रिया अपनाउन नदिएर निर्वाचन समितिले लोकतान्त्रिक मूल्यमान्यताको अपमान गरेको आरोप लगाए ।

    निर्वाचन समिति र केन्द्रीय प्रतिनिधिले चुनावी प्रक्रिया अपनाउन नदिएर सर्वसम्मत समिति चयनको नाममा लोकतान्त्रिक विधि र प्रक्रियाको धज्जी उडाएको रायमाझीको आरोप छ ।

    निवर्तमान उपाध्यक्ष रहेका रायमाझीले आफू पनि लामो समयदेखि युनियनमा बसेर काम गर्दै आएको, तर अहिले लोकतान्त्रिक प्रक्रियामार्फत अध्यक्षमा प्रतिस्पर्धा गराउन खोज्दा सर्वसम्मत गर्ने नाममा आफूलाई चुनावी प्रतिस्पर्धामा भाग लिनबाटै बञ्चित गरेको गुनासो गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन १७ २०७८०६:४०:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend