काठमाडौं – गृह मन्त्रालयले देशभरका विभिन्न १० जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ ।
सीडीओहरूको काज सरुवा गर्ने निर्णय गरिएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीको सीडीओमा सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको छ । आचार्य यसअघि नेपाल–चीन सीमा विवादबारे अध्ययन समितिका संयोजक रहेका थिए ।
सहसचिव आचार्य नेतृत्वको टोलीले नेपाल–चीन सीमा विवादबारे असोज १० गते गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको छ ।
भोजपुरको सीडीओमा मन्त्रालयका सहसचिव कमलराज ढकाललाई सरुवा गरिएको छ । लमजुङमा सुशिल वैद्य, मुगुमा रोमबहादुर महत, मनाङमा रविन्द्र आचार्य, डोटीमा शंकरबहादुर विष्ट, डडेल्धुरामा मोहनराज जोशी र म्याग्दीमा चिरञ्जीवी रानालाई सीडीओ बनाइएको छ ।
रसुवामा नमराज जैसी र तेह्रथुममा अनोज घिमिरेलाई सीडीओ बनाएर पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।