बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

बारामा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुत्ला दहन

बारामा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुत्ला दहन

  • मिडिया डबली
  • शनिवार, आश्विन १६ २०७८

  • 3.5K
    SHARES

  • बारामा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुत्ला दहन

    काठमाडौं – राष्ट्रिय एकता अभियानले बाराको कलैयामा २ नम्बर प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ ।

    अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतला समेत दहन गरेको छ ।

    अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । पाकिस्तानको इशारामा २ नम्बर प्रदेशलाई तालिबान बनाउन खोजिएकोमा उनले आपत्ति जनाए ।

    उनले भने, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन्, यस्ता भ्रष्ट मुख्यमन्त्रीलाई पदमा बसी राख्न कुनै औचित्य छैन ।’

    २ नम्बर प्रदेशका मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिरहेको आरोप उनले लगाए ।

    प्रदर्शनको क्रममा, इमरान खान मुर्दावाद, मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद, भ्रष्ट कमिसनखोर मुख्यमन्त्री राजीनामा दे र संघीय हिन्दू गणतन्त्र जिन्दावाद भन्दै मुख्यमन्त्री राउतविरुद्ध चर्को नाराबाजी लगाइएको थियो ।

    undefined

    विश्वका अधिकांश देशमा आज मदरसामाथि प्रतिबन्ध लागिरहेको बेला हिन्दू देशमा मदरसा शिक्षा विधयेक ल्याई २ नम्बर प्रदेशलाई तालिबान संस्कृतितिर धकेलिन लागिएको अभियानका विभिन्न वक्ताहरूले आरोप लगाए । 

    विरोध कार्यक्रममा अभियानका अभियन्ता गोपाल दास, परमानन्द साह, ब्रिजकिशोर साह, कमलेश सहनी, अभियान निकट राष्ट्रिय विधार्थी परिषद्का संयोजक विवेक कुशवाहा, पर्सा जिल्ला संयोजक श्याम किशोर तिवारी लगायतको उपस्थिति रहेको थियो ।

    undefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १६ २०७८०९:३७:३४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend