आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृह मन्त्रालयको प्रस्टीकरण : ‘बन्देज लगाउने उद्देश्य छैन’

गृह मन्त्रालयको प्रस्टीकरण : ‘बन्देज लगाउने उद्देश्य छैन’

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १५ २०७८

  • 3.6K
    SHARES

  • गृह मन्त्रालयको प्रस्टीकरण : ‘बन्देज लगाउने उद्देश्य छैन’

    काठमाडौं – सरकारले संविधान, प्रचलित कानून र कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्डभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको प्रस्टीकरण दिएको छ ।

    गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै बन्देज लगाउने उद्देश्य नभएको जनाएको छ ।

    ‘नेपालको संविधान, प्रचलित कानून र कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकल भित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौं र भक्तपुरले जारी गरेको आदेशको विषयमा सार्वजनिक रुपमा अभिव्यक्त चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २० २०७८०७:४०:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend