काठमाडौं – पार्टीभित्र विवाद चर्किएपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटाएर नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल गठन गरेका अध्यक्ष महन्थ ठाकुरलाई केही हप्तामै झड्का लागेको छ ।
चर्चित आदिवासी जनजाति नेता राजकुमार लेखीले लोसपा परित्याग गरेका छन् ।
नेता लेखीले बिहीवार पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका छन् ।
उनले राजीनामा पत्रका अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकाले पार्टीका सबै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।