काठमाडौं – नेकपा एमालेका नेता सूर्य थापाले नेकपा माओवादी केन्द्र हुबहु एमालेकरण भएको दाबी गरेका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जाल ट्विटमा लेख्दै नेता थापाले विभागहरूको प्रबन्धमा माओवादी हुबहु एमालेकरण भएको दाबी गरे ।
नेता थापाले लेखेका छन्, ‘एमालेकरण/माओवादीकरण ? एकता भंग भएपछि माओवादीले एमालेबाट सिकेको देखिन्छ – विभागहरुको प्रबन्धमा हुबहु एमालेकरण भएको छ । एमाले पनि माओवादीबाट दुष्प्रभावित बनेको छ ! भद्दा र बैठकै बस्न नसक्ने कमिटी बनाएर माओवादीकरण भइरहेको छ । पहिलोले उन्नतिमा र दोस्रोले विनाशमा पुर्याउने खतरा छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।