काठमाडौं - कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्ना भाईलाई राजनीतिक नियुक्ति दिलाएका छन् ।
सल्लाहकार थापाले आफ्ना भाई चन्द्रबहादुर थापा क्षेत्रीलाई स्वास्थ्य बीमा बोर्डको सञ्चालक समिति सदस्यमा नियुक्ति दिलाएको उच्च स्रोतले जनाएको छ ।
चन्द्र थापा क्षेत्री तिलगंगा आँखा अस्पतालका कर्मचारी समेत रहेको नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल निकट मानिने एउटा अनलाइनले समाचार लेखेको छ ।
ओलीका प्रेस सल्लाहकार थापाकै दवाव र सिफारिसमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले समितिको सदस्यमा नियुक्ति गरेका हुन् ।सूर्य थापा र उनका भाई चन्द्र थापा क्षेत्रीको घर प्यूठान जिल्लामा पर्छ । उनीहरू काठमाडौंमा बस्दै आएका छन् ।
उप–प्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी डा.उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका सदस्य र त्यसपछि अध्यक्षमा नियुक्त गर्ने तयारी भएपछि ओली नेतृत्वको कम्युनिस्ट सरकारको व्यापक आलोचना भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।