आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई थुतुनो धेरै नचलाउन मन्त्रीको चेतावनी !

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई थुतुनो धेरै नचलाउन मन्त्रीको चेतावनी !

  • मिडिया डबली
  • मंगलवार, भाद्र ३० २०७७

  • 27.9K
    SHARES

  • प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई थुतुनो धेरै नचलाउन मन्त्रीको चेतावनी !

    काठमाडौं-  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाप्रति प्रदेश १ का अर्थमन्त्री ईन्द्र आङ्बो ‘मौसम’ले सामाजिक संजाल मार्फत कडा प्रहार गरेका छन् ।

    अर्थमन्त्री मौसमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अभिव्यक्ति बहुसङख्यक नागरिकले नरुचाएको भन्दै थुतुनो धेरै नचलाउन भन्दै सामाजिक संजाल मार्फत नै आग्रह गरेका हुन्।

    उनले सूर्य थापाप्रति इकिंत गर्दै लेखेका छन्, ‘कमरेड, तपाईंको अभव्यिक्ति बहुसंख्यक नागरिकले कत्ति पनि रुचाएका छ्रैनन् । बरु झन अविश्वास, आशंका र भ्रम सिर्जना भइरहेको छ ।’

    indra.JPG

    यस्ताे छ सुर्य थापाकाे फेसबुक स्टाटस :

    १.कुलमान घिसिङकाे पक्ष/विपक्षका यतिबेला आआफ्ना मत/अभिमत हाेलान् । मलाई त आफ्ना निम्ति याे नजाने गाउँकाे बाटाे साेध्ने झमेलामा पर्न रुचि छैन। त

    र एक अवधि पूरा गरेर हिजाे विदा भएका व्यक्तिको पक्षमा पार्टीका प्रवक्ताकाे यस खुल्ला लबिङले कतै...कुम्लाे बाेकी ठिमीतिर जस्ताे पाे भयाे कि ? "नेपाल आमाका सपूत" काे पुनर्नियुक्तिकाे कानुनी व्यवस्था एउटा र गैरसपुतकाे अर्कै हुने हाे कि प्रक्रियामा प्रतिष्पर्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छ? सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने याे विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हाे कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ ? पार्टीकाे हाल जिम्मेवारी यही हाे र ?

    सबै नेताहरूले आफ्नाे निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र ? सरकारकाे मूल्यांकन, परामर्श, प्रक्रिया र निर्णयमा यसाे गरेर के गर्न खाेजिएकाे ? पार्टीमा ऊर्जा क्षेत्र हेर्ने जिम्मा र गृहकार्यकाे संस्थागत दायित्व पनि हाेइन, अनि याे तरिका किन ?

    के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित हाेला ? बुझ्नै पाे कठीन भयाे !

    २. प्रवक्ताकाे व्यक्तिगत सचिवालयअन्तर्गत "...अहिले आए आाँसु"जस्ताे गरी निजी हिसाबमा "स्वयंसेवा दस्ता" परिचालनकाे घाेषणा अर्काे उदेकलाग्दो कार्य जानकारीमा आयाे । याे संगती र सराेकार नै नभएकाे कुरा भयाे । चैत १० गतेदेखि लकडाउन गरेर यहाँसम्म अाइपुग्दा सिंगाे देश काेराेनासँग जुध्न सक्रिय छ ।

    जसकाे पार्टी जिम्मेवारी स्वयंसेवक परिचालन हाेइन र त्यस्ताे कार्यविभाजन कहींकतै छैन । यसमा एकाएक किन रुचि बढेकाे हाेला ? जुन काम सरकार, स्वास्थ्य मन्त्रालय, सिसिएम्सी र राज्यका विभिन्न निकायहरू लागेर गरिरहेका छन्, अनि पार्टी प्रवक्ताले यसरी स्वयंसेवक परिचालन गर्ने, त्याे पनि आफ्नाे सचिवालयअन्तर्गत व्यक्तिगत निर्णयबाट ? यसकामकाे लागि संस्थागत निर्णय, अख्तियारी र अनुमाेदन पनि आवश्यक नै नपर्ने ?

    वितेका छ महिनासम्म केही गर्नुनपर्ने, साताैं महिना लाग्ने बेला याे के गर्न खाेजिएकाे हाेला ? आपतविपद भनेकाे अहिले धून बजाउँदै आएकाे त हाेइन हाेला ? कि यी दुबै संस्थागत निर्णय नै उहाँबाट सार्वजनिक गरिएकाे हाे ? म प्रचार विभागकाे उपप्रमुखकाे जिम्मेवारीमा रहेका कारण यसमा निकै खसखस लागेर आयाे । सार्वजनिक रूपमा प्रचारित विषय हुनाले सार्वजनिक रूपमै यी दुई जिज्ञासा राख्न उपयुक्त सम्झेकाे सम्बद्घ सबैमा निवेदन गर्दछु ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७११:२५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend