आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डलाई सुर्य थापाको काउन्टर जबाफ, अब के होला ?

प्रचण्डलाई सुर्य थापाको काउन्टर जबाफ, अब के होला ?

  • मिडिया डबली
  • शनिवार, कार्तिक २९ २०७७

  • 7.2K
    SHARES

  • प्रचण्डलाई सुर्य थापाको काउन्टर जबाफ, अब के होला ?

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रस्ताव पार्टी कमिटीहरुमा छलफल हुन नसक्ने बताएका छन् ।

    उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डको राजनीतिक प्रस्तावलाई ‘लालञ्छना पत्र’ भन्दै पार्टीका कमिटीहरुम छलफल हुन नसक्ने उल्लेख गरेका छन् । “यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुन सक्दैन,” सल्लाहकार थापाले लेखेका छन् ।

    शुक्रबार बसेको नेकपाको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावलाई उनले ‘भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टिकरण’ को संज्ञा दिएका छन् ।

    “अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टिकरण हो,” थापाले भनेका छन् ।

    उनले प्रचण्डलाई पछिल्लो स्थायी समिति बैठकले गरेको ‘दुई अध्यक्षको सहमतिमा मात्रै प्रस्ताव तयार भएर प्रस्तुत हुने’ निर्णय पनि स्मरण गराएका छन् ।

    “यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन । पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो । यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ,” थापाले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend