काठमाडौं - नेकपा उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाबीच हार्दिक सम्बन्ध छैन । दुवैको गृहजिल्ला प्युठान हो ।
वामेदव पछि बर्दिया आएका हुन् । तर, पनि उनले प्युठानबाट चुनाव लड्न छाडेका छैनन् । एमालेलाई फुटेर माले बनाएदेखि सूर्य थापाले वामदेवको उछितो काढ्न सुरु गरेका हुन् ।
त्यसबेला थापा पत्रकार थिए । बुधबार साप्ताहिकको सम्पादकका हैसियतमा थापाले वामदेवविरुद्ध धेरै समाचार लेखेका थिए । केही दिनअघिसम्म पनि सूर्य थापाविरुद्ध सामाजिक सञ्जालमा तथानाम लेख्दै आएका थिए ।
प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका माध्यमबाट सांसद बन्ने वा राष्ट्रिय सभा सदस्यबाट मनोनीत सांसद बन्ने कसरत गर्दा वामदेवको थापाले उछितो काढेका थिए । तर, आफ्नो कुनै सीप नलागेपछि थापा अहिले लत्रेका छन् । वामदेव बिहीबारदेखि सांसद बन्न सफल भएका छन् ।
थापाले शुक्रबार बिहान सामाजिक सञ्जालमा बल्ल वामदेवलाई बधाई दिएका छन् । बालुवाटारमा बसेर थापाले ठूल्ठूला नेताविरुद्ध फायर खोलिरहेका छन् ।
उनले लेखेका छन्, ‘आगामी छ बर्षको लागि राष्ट्रिय सभा सदस्यमा मनोनित, परिपक्वता प्रदर्शन, पार्टी एकताको पक्षमा जोड, अनि सहमतिको पक्षमा सन्तुलित र अपेक्षित भूमिकाको हिसाबले सुझबुझपूर्ण पनि । उपाध्यक्ष कमरेड वामदेव गौतमलाई बधाई !’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।