काठमाडौं - प्रधानमन्त्रीको निजी सचिवालय अहिले आफ्नै नेताको मजाक उडाउने थलो बनेको छ । यो कामको नेतृत्व प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गरिरहेका छन् ।
कहिले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त कहिले उपाध्यक्ष वामदेव गौतममाथि उनको प्रहार जारी छ । आइतबार बिहानै थापाले पार्टीका उपाध्यक्ष गौतमको मजाक उडाएका छन् ।
शनिबारको बैठकमा नेकपा उपाध्यक्ष गौतमले ओलीलाई ‘सूर्य थापासँग सतर्क रहनु होला, प्रशंसा गरे जस्तो गरेर तपाईलाई सिध्याइदिन्छ’ भनेपछि त्यसको रिस फेर्न थापाले सामाजिक सञ्जालको सहारा लिएका छन् ।
यो विषयले फेरि एकपटक गौतम र थापाबीच इगो सतहमा आएको छ । गौतम र थापा दुवै प्युठानका हुन् । थापाले आइतबार बिहानै सामाजिक सञ्जालमार्फत गौतमको मजाक उडाएका छन् ।
थापाले वामदेव गृहमन्त्री हुँदा रत्नपार्कमा बीच सडकमै गाडी राखेर ट्राफिक बार क्रस गर्दै खुट्टा उचालेको तस्बिर पोस्ट गरिदिएका छन् । आइतबार बिहान थापाले त्यही तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘को कस्तो ? तस्बिर काफी छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।