बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

सरकारको कालोसूचीमा परेका खापुङ फेरि गोर्खाज फाइनान्सको अध्यक्ष बन्न दौडधूपमा !

सरकारको कालोसूचीमा परेका खापुङ फेरि गोर्खाज फाइनान्सको अध्यक्ष बन्न दौडधूपमा !

  • मिडिया डबली
  • मंगलवार, आश्विन १२ २०७८

  • 4.1K
    SHARES

  • सरकारको कालोसूचीमा परेका खापुङ फेरि गोर्खाज फाइनान्सको अध्यक्ष बन्न दौडधूपमा !

    काठमाडौं - प्रेमबहादुर खापुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा व्यक्तिका नाममा पारेको प्रकरणका आरोपी हुन् ।

    सरकारी जग्गा व्यक्तिको नाममा हत्याउने भूमिका खेलेको आरोपमा अख्तियारले खापुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । तिनै खापुङ अहिले फेरि गोर्खाज फाइनान्सको अध्यक्ष बन्न दौडधूपमा लागेका छन् । 

    उनी यसअघि पनि फाइनान्सको अध्यक्ष भइसकेका थिए । सालीसंगको जग्गा काण्डमा मुछिएको मिडियामा समाचार आएपछि राजिनामा दिएका हुन्। 

    गोर्खाज फाइनान्समा अधिकांश ब्रिटिस र सिंगापुर पुलिसमा रहेका व्यक्तिहरूको लगानी छ । उनीहरूका प्रतिनिधि यादवचन्द्र राई अहिले अध्यक्ष छन् ।

    तर, खापुङहरूले राईलाई अब हुने साधारणसभामा आउन नदिने रणनीति अख्तियार गरेको बताइएको छ । विगतमा खापुङ फाइनान्सको अध्यक्ष बन्दा संस्था धराशायी बनेको थियो ।

    प्रेमबहादुर खापुङ अध्यक्ष हुँदा फाइनान्स घाटामा गएको थियो । तर, वर्तमान नेतृत्वका कारण संस्था नाफामा छ ।

    तर, पनि धर्मकुमार राई, प्रेमबहादुर खापुङ नेतृत्वमा आउन भएभरको शक्ति लगाइरहेका छन् । गोर्खाज फाइनान्स सञ्चालक समितिको साधारणसभा असोज १८ गते हुँदैछ ।

    यसअघि पहिलो साधारणसभा वैशाख २१ गते तोकिएको थियो । तर कोभिडका कारण पछिलाई सारियो । त्यसपछि दोस्रो साधारणसभा भदौ २४ गते तोकिएको थियो ।

    त्यो पनि सरेर असोज १८ गते तोकिएको छ । डेभलपमेन्ट बैंकका संचालकमा धर्म कुमार राई हुदाँ २०६९ सलामा रास्ट्रबैकले कालो सुची र अग्योग्य घोसित गरेको थियो । तर उनि अहिले प्रेमबहादुर खापुङलाई अध्यक्ष बनाउन लागि परेको बताइएको छ ।

    तत्कालीन गोरखा डेभलपमेन्ट बैंक काठमाडौँ फाइनान्ससँग मर्जमा गई घटुवा भएर गोर्खाज फाइनान्सको रूपमा सञ्चालनमा आएको हो । राष्ट्रियस्तरको कारोबार गरिरहेको यो फाइनान्सको चुक्तापुँजी ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ छ ।

    prem bahadur khapung.PNG

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन १२ २०७८०५:५०:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend