काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिकास्तरीय निर्वाचनमा नवलपरासीमा महामन्त्री डा.शशांक कोइराला र नेता देवेन्द्रराज कँडेलको वर्चश्व देखिएको छ ।
जिल्लाका सात पालिकामध्ये सुनवल नगर पालिका र बर्दघाट नगरपालिकाको परिणाम रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला पक्षमा गएको छ । रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका र सरावल गाउँपालिका सभापति शेरबहादुर देउवा (कँडेल) पक्षले हात पारेको छ ।
प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकामा कँडेल र संविधानसभा सदस्य देवकरण जयसवाल अर्थात् देउवा–शशांक पक्षबीचको सहमतिबमोजिम निर्विरोध निर्वाचित भएका छन् ।
रामग्राम नगरपालिका सभापतिमा कँडेल समूहका श्रीधर बस्याल निर्वाचित भएका छन् । उनले उमाशंकर श्रीवास्तवलाई पराजित गरे । बस्यालले १९७ र श्रीवास्तवले ११५ मत पाए । अन्य पदाधिकारीमा बस्याल प्यानलका उम्मेदवार विजयी भएका छन् ।
उपसभापतिमा नाथु यादव १९७ मत र प्रदिप खड्का २०१ मतसहित विजयी भएका छन् । पाल्हिनन्दन गाउँपालिकामामा कँडेल समूहका हरिहर चौहान सभापतिसहितको पूरै प्यानल विजयी भएको छ ।
उनले ७७ मत प्राप्त गरी विजयी हुँदा खनाल समूहका गुड्डु गुप्ताले २० मत प्राप्त गरे । उपसभापतिमा चौहान प्यानलका सादिया मुसलमान ७८ मत र शिवकुमार रौनियार ८० मतसहित विजयी भए ।
गुप्ता प्यानलका राजु सुनारले १६ र रञ्जित लोहारले १८ मत पाए । सचिवमा चौहान प्यानलका जितेन्द्र गुप्ताले ७६ मत र शैलेश यादवले ६९ मत प्राप्त गरी विजयी भए । सरावल गाउँपालिकामा कँडेल समूहका विनोद पाण्डेको पूरै प्यानल विजयी भएको छ ।
पाण्डेले ७६ र खनाल पक्षका इन्द्रबहादुर चौधरीले ४० मत पाए । उपसभापतिमा पाण्डे प्यानलका महेन्द्र चौधरीले ८१ मत र शिवनाथ तिवारीले ७० मत प्राप्त गरी विजयी भए ।
सचिवमा पाण्डे प्यानलका सञ्जय चौधरीले ६६ मत र राजु आहिर यादवले ७२ मत प्राप्त गरी विजयी भए । सुस्ता गाउँपालिका सभापतिमा रविन्द्रकुमार बनियाँ (सन्तु समूह) निर्विरोध निर्वाचित भए ।
उपसभापतिमा नारायण पाण्डे (कँडेल समूह), सचिवमा नारायण भण्डारी र अनिलकुमार महतो, र सहसचिवमा विधाता अहिर र जितेन्द्रकुमार थारु निर्विरोध निर्वाचित भए ।
प्रतापपुर गाउँपालिका सभापतिमा ज्ञानेन्द्रकुमार पंजियार (सन्तु समूह) निर्विरोध निर्वाचित भएका छन् । उपसभापतिमा नाथुराम क्षेत्री (कँडेल समूह) र राजुप्रसाद अधिकारी, सचिवमा दिनेश उपाध्याय र कमलेशकुमार गुप्ता, सहसचिवमा निवास यादव र राजु धोवि निर्विरोध निर्वाचित भए ।
सुनवल नगरपालिका सभापतिमा सोमबहादुर रायमाझी निर्वाचित भएका छन् । रायमाझीले कँडेल समूहका खेमराज पाण्डेयलाई फराकिलो मतान्तरले पराजित गरे । रायमाझीले १७६ मत प्राप्त गर्दा पाण्डेयले ४९ मत पाए ।
अन्य पदाधिकारीमा समेत सबै पदमा रायमाझी प्यानलका उम्मेदवार विजयी भए । उपसभापतिमा नेत्रप्रसाद भट्टराई १६० मत र रमेश कर्माचार्य १७३ मतसहित विजयी भए । पाण्डेय प्यानलका पेउनारायण न्यौपानेले ७७ र राधा केसी खत्रीले ३८ मत पाए ।
सचिवमा रायमाझी प्यानलकै ओमप्रकाश बाह्रघरेले १८० मत र कुलानन्द पाण्डेले १५८ मतसहित विजयी भए । पाण्डे प्यानलका नेत्रलाल शर्मा (तिवारी) ले ४८ मत र तारा पाण्डेले ५३ मत पाए ।
सहसचिवमा रायमाझी प्यानलका गगाधर चापागाईंले १५७ मत र सरस्वती थापा क्षेत्रीले १८५ मतसहित विजयी भएका छन् भने पाण्डे प्यानलका केशवराज भण्डारीले ५० मत र पुरुषोत्तम पाण्डेले ४४ मत प्राप्त गरे ।
बर्दघाट नगरपालिका सभापतिमा खनाल समूहका दामोदर जिसीको प्यानल विजय भएको छ । जिसी १९३ मतसहित विजयी हुँदा कँडेल समूहका शम्भुलाल श्रेष्ठले १३५ मत पाए । उपसभापतिमा मन्जु शर्मा चालिसे १९१ मत र होमराज कुँवरले १८६ मतसहित विजयी भए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।