काठमाडौँ- गायक सनी बिस्वकर्मा र गायिका देविका केसीको आवाजमा लोकदोहोरी गीत 'नयाँ गलबन्दी...' रिलिज भएको छ ।
चर्चित गीतकार तथा संगीतकार शिब हमालको लय तथा शब्दमा शुक्रबार शिब हमाल नामक आफ्नै युटुब च्यानल मार्फत गीतको भिडिओ रिलिज गरिएको हो ।
आशिष अविरलको संगीत संयोजन रहेको गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।
पछिल्लो समयमा ब्यापक चर्चामा रहेका निर्देशक तथा मोडल सुनिल क्षेत्रिको निर्देशनमा तयार पारिएको भिडिओमा नायक पल शाह र नायिका बर्षा राउतको दमदार नृत्य देख्न सकिन्छ ।
जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारिएको भिडिओको छायांकन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन अमृत चापागाईले गरेका हुन्
।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।