काठमाडौं – काठ तस्करहरु जाइलागेपछि प्रहरीले पर्सामा ३ राउण्ड हवाइ फायर गरेको छ ।
पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ फरहदवास्थित सामुदायिक वनबाट काठ तस्करी भएको सूचनाका आधारमा आज सोमवार अपराह्न ४ बजे प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्दा हवाइ फायर गरेको हो ।
तस्कर समूह ४ वटा मोटरसाइकलमा सवार ८ जना रहेका र प्रहरीमाथि हातपात प्रयास गरेकाले हवाइ फायर गरिएको हो । काठका २ वटा गोलिया ल्याउँदै गरेको अवस्थामा ४ वटा मोटरसाइकलसहित ८ जना तस्करलाई रोकेर सोधपुछ गर्न खोज्दा प्रहरीमाथि जाइलागेपछि सुरक्षार्थ प्रहरी सहायक निरीक्षकले बोकेको पेस्तोलबाट ३ राउन्ड हवाइ फायर गरिएको प्रहरीले जानकारी दिएको छ ।
तस्करहरुबाट भारतीय नम्बर प्लेटको बीआर२२एफ ४१०८ र ना४०प ९३९६ नम्बरका गरी २ वटा मोटरसाइकल र काठको २ वटा गोलिया बरामद गर्न सफल भएको प्रहरीले जानकारी दिएको छ ।
फरार तस्करहरुको खोजतलास तथा पहिचानको लागि आवश्यक पहल भइरहेको तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।