आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दीपक मनाङेले आफ्नो सम्पत्ति कहाँ कति छ भन्ने नै थाहा नपाएपछि ...

दीपक मनाङेले आफ्नो सम्पत्ति कहाँ कति छ भन्ने नै थाहा नपाएपछि ...

  • मिडिया डबली
  • आइतवार, भाद्र २७ २०७८

  • 7.8K
    SHARES

  • दीपक मनाङेले आफ्नो सम्पत्ति कहाँ कति छ भन्ने नै थाहा नपाएपछि ...

    काठमाडौं – गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण सार्वजनिक गर्न सकेका छैनन् । मन्त्री बनेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।

    मन्त्री मनाङेले आफ्नो सम्पत्ति कहाँ कति छ भन्नेमा ‘कन्फ्यूज’ भएकाले सम्पत्ति विवरण सार्वजनिक गर्न नसकेको बताए ।

    आईतवार पोखरामा आयोजित कार्यक्रममा मनाङेले भने, ‘सापटी दिएको पैसा फिर्ता भएको छैन, फिर्ता गर्ने हो कि होइन ? अलिअलि भएको जग्गा पनि मुद्दा मामिलामा छ । मलाई नै कम्फ्यूज छ कि मसँग के छ, के छैन भनेर ।’

    मन्त्री मनाङेले सबै सम्पत्ति विवरणबारे बुझेर सार्वजनिक गर्न अझै केही समय लाग्ने बताएका छन् ।

    गण्डकीमा मुख्यमन्त्रीसहित अरु मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् तर मन्त्री गुरुङले विभिन्न कारण देखाउँदै विवरण सार्वजनिक गर्न ढिलाइ गरेका छन् ।

    भ्रष्टाचार निवारणसम्बन्धी ऐन २०५९ ले सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्र आफ्नो वा परिवारको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

    गण्डकी प्रदेशमा मनाङेसँगै भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले समेत सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख १६ २०७८०६:३४:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend