आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दिपक मनाङेले यसरी खाए मन्त्री पदको शपथ, मन्त्री थप्न मन्त्रालय टुक्र्याइयो 

दिपक मनाङेले यसरी खाए मन्त्री पदको शपथ, मन्त्री थप्न मन्त्रालय टुक्र्याइयो 

  • मिडिया डबली
  • बिहिवार, बैशाख १६ २०७८

  • 7.1K
    SHARES

  • दिपक मनाङेले यसरी खाए मन्त्री पदको शपथ, मन्त्री थप्न मन्त्रालय टुक्र्याइयो 

    काठमाडौं – गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रीमा नवनियुक्त स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनीयताको शपथ खाएका छन् ।

    नेकपा एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा गुरुङलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश नीति तथा योजना आयोगको हलमा शपथ खुवाएका छन् ।

    प्रदेश सभामा अविश्वासको प्रस्ताव आएका बेला मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरेर मनाङेलाई मन्त्री पदमा नियुक्त गरेका छन् ।

    मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय टुक्र्याएर सांसद मनाङेलाई मन्त्री बनाएका छन् । यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली नै रहेको छ ।

    कानून मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र कृषि मन्त्रालयको जिम्मा मुख्यमन्त्री गुरुङले आफैंले लिएका छन् ।

    सांसद मनाङे मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र रूपमा विजयी भएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख ६ २०७८०६:४८:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend