काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गण्डकी प्रदेशसभा सांसद दीपक मनाङेकी पत्नी दिक्छेन लामालाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ ।
चोरीको अभियोगमा पक्राउ परेकी लामालाई शुक्रवार जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले लामासँग धरौटी माग गरेको छ । भाडामा बसेको घरमा चोरी गरेको जाहेरीका आधारमा प्रहरीले लामालाई पक्राउ गरेको थियो ।
मंसिर १० गते चोरीको मुद्दामा मकवानपुरबाट लामा पक्राउ परेकी थिइन् ।
मनाङेले आफैंले पत्नी लामालाई पक्राउ गर्न लगाएको बताउँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।